नियम १९४
विशेषाधिकार समितिको गठन
(१) नेपालको संविधानको धारा १०३ बमोजिम प्रतिनिधि सभामा एउटा विशेषाधिकार समिति रहनेछ । विशेषाधिकार समितिमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा बढीमा पन्ध्र जना सदस्य मनोनयन गर्नेछ । तर कुनै मन्त्री विशेषाधिकार समितिको सदस्य हुन पाउने छैन ।
(२) विशेषाधिकार समितिको सदस्य मनोनयन गर्दा सदस्यको ज्ञान, अनुभव र बैठकमा रहेको दलीय, लैंङ्गिक, जातीय र क्षेत्रीय संरचनालाई मध्यनजर राखी सम्पूर्ण राजनीतिक दलको प्रतिनिधित्व हुने गरी समानुपातिक प्रतिनिधित्व गराइनेछ ।
(३) विशेषाधिकार समितिको सभापति समितिका सदस्यले आफूमध्येबाट निर्वाचन गर्नेछन् ।
(४) समितिको सभापति र सदस्यको पदावधि सभाको कार्यकालभर हुनेछ ।
(५) समितिको सभापति पदमा निर्वाचित सदस्यले सभामुख समक्ष अनुसूची–४ बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु पर्नेछ ।